बैंक अफ काठमाण्डूको अगुवाइमा अप्पर खुदी जलविद्युत निर्माणका लागि सहवित्तीयकरण कर्जा सम्झौता
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र सुपर खुदी जलविद्युत प्रालिबीच अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तियकरण कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौता आज हस्ताक्षर समेत भएको छ ।
२१.२१ मेगावाट क्षमता रहेको अप्पर खुदी जलविद्युत आयोजनाको अनुमानित लागत ४ अर्ब १९ करोड रुपैयाँ छ । सुपर खुदी जलविद्युतले लमजुङको मस्र्याङदी गाऊँपालिकामा उक्त जलविद्युत् आयोजनाको निर्माण कार्य गरिरहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडको अगुवाइमा रहेकोे उक्त सहवित्तीयकरणको सदस्य बैंकहरुमा ग्लोबल आईएमई बैंक, सिभिल बैंक, मेगा बैंक तथानेपाल क्रेडिट एण्ड कमर्श बैंक छन् ।
उक्त जलविद्युत आयोजनाको निर्माणका लागि कुल लागतको ७० प्रतिशत बैंकहरुको सहवित्तीयकरण कर्जा र बाँकी ३० प्रतिशत उक्त कम्पनीको लगानी रहनेछ ।
आयोजना पूरा भएपछि उत्पादित विद्युत तादीकुना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।
साथै यस सहवित्तीयकरण कर्जा पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसीमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।