नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा लाहानमा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले लाहान नगरपालिका को वडा नम्बर ड सिराहामा आफ्नो ८७औं शाखा स्थापना गरी कारोबार बिस्तार गरेको छ ।

नवस्थापित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गरे ।

लाहान शाखाले ग्राहकलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता बिस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकले ८७ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टर बाट ग्राहकलाई सेवा पुर्याइरहेको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।


क्लिकमान्डु