प्रधानमन्त्री ओलीद्वारा नागढुङ्गाको निर्धाणाधीन सुरुङमार्ग अवलोकन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गाको दहचोक टुटेपाखास्थित निर्धाणाधीन सुरुङमार्ग अवलोकन गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेश प्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाको बारेमा जानकारी गराएका थिए । उनले अबको १३ महिनाभित्रमा सुरुङ खन्ने कार्यको ब्रेक थ्रु हुने गरी काम भइराखेको समेत बताए ।

सुरुङमार्ग निर्माण कार्यको निरीक्षण गर्न प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ पनि पुगेका थिए । सो अवसरमा मन्त्री नेम्बाङ्ले ४२ महिनामा निर्माण सम्पन्न गर्ने समय अवधि तोकिएको भएपनि अहिलेसम्म १५ महिना व्यतित भइसकेको र अझै २७ महिना बाँकी रहेकोले अहिलेकै गति अनुसार निर्माण कार्य भइराखे समयमै निर्माण सम्पन्न हुने बताए ।

नागढुङ्गा सुरुङमार्ग आयोजनाको निर्माण कार्य जापानी कम्पनी हाजमा-आन्द्रो जेभीले गरिरहेको छ । सुरुङमार्ग निर्माणका लागि विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा आन्द्रो जेभीबीच २०७६ असोज ६ गते सम्झौता भएको थियो ।

तर सुरुङ खन्ने काम भने गत पुस देखि शुरु भएको थियो । दहचोक देखि सिस्ने खोलासम्म सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ भने चौडाई ९ दशमलव ५ मिटर रहको छ ।


क्लिकमान्डु