कर्मचारीको ५५ करोड १ वर्षे मुद्दतिमा राख्न बैंक खोज्दै केन्द्रीय बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीको पैसा मुद्दति निक्षेपमा राखिदिन बैंक तथा वित्त संस्थालाई आह्वान लगरेको छ ।

बैंकले उत्पादन तथा पेन्सन र कर्मचारी सुरक्षण कोषमा रहेको ५५ कारोड रुपैयाँ रकम लगानी गर्न मापदण्ड पुगेका बैंक तथा वित्त कम्पनीलाई आह्वान गरेको हो ।

केन्द्रीय बैंकले आइतबार सूचना प्रकाशित गर्दै मापदण्ड पुगेका बैंक तथा वित्त कम्पनीलाई एक वर्षे मुद्दति निक्षेपमा उपदान तथा पेन्सनको २५ करोड रुपैयाँ र कर्मचारी सुरक्षण कोषको ३० करोड रुपैयाँ रकम राख्न आह्वान गरेको छ । जसमा बैंकले ०७७ चैत १ गतेदेखि ०७८ फागुन ३१ गतेसम्म मुद्दतिमा राख्ने समय निर्धारण गरेको छ ।

उपदान तथा पेन्सनको कुल २५ करोड मध्ये वाणिज्य बैंकहरुलाई २० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुलाई ३ करोड ७५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरुलाई १ करोड २५ लाख रुपैयाँ निक्षेप लिन आह्वान गरेको हो ।

साथै, कर्मचारी सुरक्षण कोषको कुल ३० करोड रुपैयाँमध्ये वाणिज्य बैंकहरुलाई २४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुलाई ४ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरुलाई १ करोड ५० लाख रुपैयाँ निक्षेप लिन आह्वान गरेको हो ।

उक्त रकम राख्नको लागि बैंक तथा वित्त कम्पनी सञ्चालनमा आएको २ वर्ष पुरा भएको, तोकिएको पुँजी कोष कायम गरेको, खराब कर्जा ५ प्रतिशभन्दा कम भएको, खुद तरल सम्पती स्वदेशी निक्षेप २० प्रतिशत वा सोभन्दा बढी भएको लगायत शर्त राष्ट्र बै.कले तोकेको छ ।

तोकिएको शर्तहरु पुरा गरी आफुले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत राष्ट्र बैंकले तोकेको सिलबन्दी प्रस्तावमार्फत गरिने उल्लेख गरिएको छ ।


क्लिकमान्डु