सिभिल बैंकको साधारणसभाः उपयुक्त संस्था खोजेर मर्जरमा जान सञ्चालक समितिलाई अख्तियारी



काठमाडौं । सिभिल बैंकको दशौं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।

साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १ सय ७३ रुपैयाँ बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२ प्रतिशतका दरले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४ सय ८२ रुपैयाँ नगद लाभांश वितरण गर्न स्वीकृत प्रदान गरेको छ ।

साथै सभाले आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षण गर्नको लागि ‘एनबिएसएमएण्ड एशोसियट्स’लाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुको छ ।

त्यसैगरी, सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।

करीब ५ लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटिएममार्पmत् सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव ७८ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ७२ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।


पुष्प दुलाल