सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो



काठमाडौं । सुनको मूल्य घट्ने क्रममा ब्रेक लागेको छ । गत हप्ता निरन्तर ओरालो लागेको सुनको मूल्य आइतबारप्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कायम भएको सुनको मूल्य आइतबार ८ सय रुपैयाँ बढेर ८९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० हजार रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएको छ ।


पुष्प दुलाल