हवाई इन्धनको मूल्य बढेपछि वायुसेवा सञ्चालक संघले बढायो विमान भाडा (सूचिसहित)



काठमाडौं । नेपाल  आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालक संघले विभिन्न गन्तव्यको भाडा बढाएका छन् ।

संघले आज एक विज्ञप्ति जारी गर्दै भाडा बढाएको जानकारी दिए । संघका अनुसार हवाई इन्धनको मूल्य बढेसँगै विमान कम्पनीहरुले लिने फ्युल चार्ज न्यूनतम १० रुपैयाँदेखि ९० रुपैयाँसम्म बढाएका छन् ।

नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको थियो । हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणाली अनुसार मूल्य लागू गर्ने सरकारको निर्णय अनुसार यस संघमा आबद्ध वायुसेवा कम्पनीहरुले फ्युल चार्ज बढाउने निर्णय गरेका हुन् ।


क्लिकमान्डु