नेपाल बैंकको सञ्चालकमा महालेखा नियन्त्रकका मधु कुमार मरासिनी नियुक्त



काठमाडौं । अर्थमन्त्रालयले महालेखा नियन्त्रकका मधु कुमार मरासिनी नेपाल बैंकको सञ्चालकमा नियुक्त भएका छन् ।

फागुन ५ गते बसेको मन्त्रीस्तरको बैठकको निर्णय अनुसार उनलाई अर्थले नेपालको सञ्चालकमा नियुक्त गरेको हो ।

यसअघि बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजिनामा माघ २७ गते अर्थ मन्त्रालयले स्वीकृत गरेको थियो ।

अधिकारीको राजिनामा स्वीकृत भएको एक साता भित्रनै महालेखा नियन्त्रकका प्रमुख मरासिनीलाई बैंकको सञ्चालकमा अर्थ मन्त्रालयले नियुक्त गरेको छ । मरासिनी अर्थमन्त्रालयका सह–सचिव समेत हुन् ।


क्लिकमान्डु