बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिच्ने भएको छ । प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले रिर्भस रिपोमार्फत् तरलता प्रशोचन गर्ने भएको हो ।
राष्ट्र बैंकले फागुन ६ गते बिहीबारदेखि फागुन १३ गते ७ दिनका लागि बजारबाट उक्त रकम खिच्न लागेको हो ।
बैंकिङ प्रणालीमा ६६ खर्ब रुपैयाँ अधिक तरलता भएको राष्ट्र बैंककबा प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले मौद्रिक उपकरणमार्फत् रिर्भस रिपो जारी गरेको उनको भनाइ छ ।
राष्ट्र बैंकले ८३ अर्ब ८७ करोड रुपैयाँ पुनरकर्जाको रकम बजारमा पठाएपछि अधिक तरलता भएको उनले जानकारी दिए ।