एनआईसी एसिया बैंकमा जागिर खुल्यो
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले विभिन्न १५ वटा पदमा कर्मचारीको माग गरेको छ ।
बैंकले उपत्यकाभित्र र उपत्यका बाहिर गरी विभिन्न १५ पदका लागि केही कर्मचारी माग गरेको हो । बैंकले कम्तीमा स्नातकोत्तर र स्नातक गरेका कर्मचारीको माग गरेको छ ।
बैंकले असिस्टेन्टदेखि म्यानेजर/सुपरभाइजर/सिनियर अफिसर विभिन्न तहका च्याटर्ड एकाउन्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।
जसमा योग्यता पुगेका विभिन्न पदमा लागि कर्मचारीमा कम्तीमा बैंकिङ क्षेत्रमा आबद्ध भई काम गरेको २ वर्षदेखि १० वर्षसम्मको अनुभव भएका हुनुपर्ने जनाएको छ ।
बैंकको विज्ञापनमा मार्च ३ सम्म आवेदन दिन सकिनेछ ।