नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश नम्बर १ को पूर्वाधार विकासका लागि काम गर्ने, सम्झौता सम्पन्न



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक र प्रदेश नम्बर १ को पूर्वाधार क्षेत्रको विकासका लागि सम्झौता भएको छ ।

सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश नं. १ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास तथा कार्यान्वयनको चरणमा आवश्यक वित्तीय तथा प्राविधिक सहकार्यका लागि त्यहाँको सार्वजनिक नीजि साझेदारी तथा लगानी प्राधिकरण र बैंकबीच समझदारी भएको हो ।

यो समझदारीपत्रको मुल उद्देश्य प्राविधिक र आर्थिकरुपमा सम्भावित प्रादेशिक पूर्वाधारका परियोजनाहरु पहिचान गर्नु र सम्भावित परियोजनाहरुमा वित्तीय तथा प्राबिधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनोटका लगानी आवश्यक सहयोग, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीकोमाध्यमबाट प्रदेश नं. १ मा पूर्वाधारका परियोजनाहरुको विकास तथा कार्यान्वयन गर्नु रहेको छ ।

सार्वजनिक नीजि सहकारी साझेदारी तथा लगानी प्राधिकरणको तर्फबाट निर्देशक डा. सरोज कोइराला र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरे ।
कार्यक्रममा निर्देशक डा. सरोज कोइरालाले प्रदेश नं. १ मा कोशी रिफ्रेसमेन्ट सेन्टर, बीमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेशन प्रोजेक्ट लगायतका केही पूर्वाधारका परियोजनाहरुको प्रारम्भिक अध्ययन विश्लेषण सम्पन्न भइसकेको जानकारी गराए ।

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्य लिई, सार्वजनिक नीजि साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश नं. १ सँग समझदारीपत्रमा हस्ताक्षर गरे सँगै आगामी दिनमा मुलुकका अन्य प्रदेश सरकारहरु एवं स्थानीय निकायहरुसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको छ ।


क्लिकमान्डु