ऋण नतिर्नेलाई राष्ट्र बैंकको सहुलियत, ५% ब्याज तिरेर ऋणको पुनर्तालिकिकरण गर्न पाउने



काठमाडौं । कोरोना प्रभावित भएको भन्दै ऋण नतिरी र कर्जाको पुनर्तालिकिकरण पनि नगरी बस्ने व्यवसायीलाई नेपाल राष्ट्र बैंकले थप सहुलियतको घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार यस्तो सहुलियतको घोषणा गरे ।

राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार अब ०७८ असार मसान्तसम्ममा बक्यौता ब्याजको ५ प्रतिशत तिरेर कर्जाको पुनर्तालिकिकरण गर्न सकिने छ ।  यसअघि ०७६ पुस मसान्तसम्म असल ऋणीका रुपमा रहेका ऋणीहरुलाई राष्ट्र बैकले ०७७ पुस मसान्तसम्म १० प्रतिशत बक्यौता ब्याज तिरेर पुनर्तालिकिकरण गर्न पाउने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले कर्जा पुनर्तालिकिकरणको समय ६ महिनाले बढाएको छ भने तिर्नुपर्ने बक्यौता ब्याजलाई यसअघिको व्यवस्थाभन्दा आधा गरिदिएको छ ।

‘पूर्णरुपमा संरचनाका लागि पुस मसान्तभित्रका लागि बैंकले बैंकलाई त्यसमा पनि वक्यौता ब्याजको १० प्रतिशत चुक्ता हुनुपर्ने भनिएको होमा विेशष गरी पर्यटन क्षेत्रका व्यवसायीहरुले वक्यौताको १० प्रतशित रकम पनि तिर्न नसकेको भनेकाले अझै थप समय १० बाट घटाएर ५ प्रतिशत गराएका छौं र आगामी असार मसान्तसम्म पनि पुनरसंरचना गर्न सकिने भएको छ, बैंक तथा उद्योगीहरुलाई सहजता नै दिन खोजेका छौं,’ गभर्नर अधिकारीले भने ।

कर्जाको पुनरतालिकिकरण र पुनर्सरंचना उद्योग व्यवसायलाई ऋण सबैलाई ऋण तिर्न सम्भव नभएको पुनरसंरचना नै गर्नुपर्ने भएकाले थप राहत दिइएको उनले जानकारी दिए ।


पुष्प दुलाल