ब्लुटुथ सुविधा भएको टिभिएस एनटर्क १२५ सुपरस्क्वाड सार्वजनिक, मूल्य २ लाख ६६ हजार ९००



काठमाडौं । टिभीएस मोटर कम्पनीले नेपालमा मार्भल्स अभेन्जर्सस्बाट प्रेरित टिभीएस एनटर्क १२५ सार्वजनिक गरेको छ ।

कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेर टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करणको बिक्री सुरु गरेको हो । नेपालमा उपलब्ध स्कुटरमा पहिलो पटक ब्लुटुथ सुविधा भएको दाबी कम्पनीको छ ।

सिभिल मलमा आयोजित कार्यक्रममा स्कुटरको सार्वजनिक जगदम्बा अटोमोबाइल्सका उपाध्यक्ष दिपक अग्रवाल तथा टिभिएस नेपालका ब्राण्ड एम्बेस्डर स्वतिमा खड्का र प्रदिप खड्काले गरे ।

ब्राण्ड लन्च गर्दै जगदम्बा मोटरका उपाध्यक्ष अग्रवालले टिभिएसको एनटर्क सबैभन्दा बढी बिक्री हुने ब्राण्डमा परेको जानकारी दिए ।

आइतबार लन्च भएको एनटर्क सुपरस्कवाड लिमिटेसन इडिसन भएको स्कुटर हो । यो नेपालमा अहिले काठमाडौंमा मात्र उपलब्ध हुने छ । तीनवटा मोडलमा उपलब्ध स्कुटरको मूल्य २ लाख ६६ हजार ९०० रुपैयाँ रहेको छ ।


क्लिकमान्डु