र्‍याडिसन होटलको आम्दानी ९६.४१ प्रतिशतले घट्यो, १४ करोड घाटामा



काठमाडौं । ओरियन्टल्स होटल लिमिटेड अन्तर्गत सञ्चालित र्‍याडिसन होटलको आम्दानी ९६.४१ प्रतिशतले घटेको छ । होटलले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा आम्दानी घटेको हो ।

कम्पनीले गत आवको समीक्षा अवधिमा ५० करोड ७९ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा जम्मा १ करोड ८१ लाख ९६ हजार रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

समीक्षा अवधिमा होटलले १४ करोड घाटामा गएको छ । जबकी होटलले गत आवको सोही अवधिमा १० करोड १४ लाख नाफा आर्जन गरेको थियो । होटलको चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँ छ ।

होटलले यस अवधिमा ३ करोड १३ लाख ७४ हजार रुपैयाँ कर्मचारीका लागि खर्च गरेको छ ।


क्लिकमान्डु