रामकुमारी झाँक्रीको गिरफ्तारीविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता



काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।
अधिवक्ता गुणराज आचार्यले निवेदन दर्ता गराएका हुन् ।

निवेदनमा विपक्षीहरुले निवेदकलाई आफ्नो नियन्त्रणमा रहेका बेलामा यातना दिने सम्भावना समेत रहेकाले आज नै निवेदनको सुनवाइ समेत गरी आजै गैरकानूनी थुनाबाट मुक्त गर्न माग गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई बिहीबार राज्यविरुद्धको कसुर दफा ५८ अन्तर्गत पक्राउ गरिएको थियो ।


पुष्प दुलाल