एनआईसी एशिया बैंकका ग्राहकले डेबिट कार्ड अनलाइनमार्फत् ब्लक गर्न सक्ने
काठमाडौं । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ । अब ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा बिग्रिए तथा आपतकालिन अवस्थामा त्यसलाई ब्लक गर्न सक्नेछन् ।
ग्राहक महानुभावहरूलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको आइसर्भ डिजिटल सेवामार्फत् डेबिट कार्ड ब्लक गर्न सकिने व्यवस्था मिलाएको छ ।
उक्त आइसर्भभित्र कार्ड सर्भिसमा क्लिक गरी सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी भेरिफाई गरेपश्चात् तत्काल स्वचालित रुपमा कार्ड ब्लक हुने व्यवस्था गरिएको छ ।
ग्राहक महानुभावको आवेदन अनुसारको डेबिट कार्ड ब्लक भएपश्चात् बैंकले ग्राहक महानुभावहरूलाई एसएमएसमार्फत् खबर गर्ने व्यवस्थासमेत छ । यस सुविधाले ग्राहक महानुभावहरूलाई सहजरुपमै सेवा लिने वातावरण बनाउन सहज हुने बैंकले जनाएकोछ ।