लुम्बिनी केवलकार सञ्चालनका लागि ६.२७ हेक्टर वन क्षेत्रफल २५ वर्षका लागि लिजमा दिइने



काठमाडौं । सरकारले लुम्बिनी केवलकार प्रालिलाई रुपन्देही र पाल्पा जिल्ला अन्तर्गतको कुल ६.२७ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले रुपन्देही जिल्लामा पर्ने ३.१६ हेक्टर र पाल्पातर्फको ३.११ हेक्टर वन क्षेत्रफल २५ वर्षका लागि प्रयोग गर्न दिने निर्णय भएको जानकारी दिए ।

सरकारले केवल कार सञ्चालनका लागि ३३८ वटा पुल तथा रुखहरु हटाउन समेत स्वीकृति दिएको छ ।


क्लिकमान्डु