जोर्डनबाट ‘मेगा रेमिट’ मार्फत् रेमिट्यान्स पठाउन पाइने



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमिट’ सेवालाई विस्तार गरेको छ ।

जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको हो । जोर्डनमा रहेका नेपालीहरुले अलाउनी एक्सचेन्जका २८ वटा शाखाहरुबाट नेपालमा रकम पठाउन सक्नेछन् ।

अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंकका सबै शाखा र देशभर छरिएका मेगा बैंकका ३२ सयभन्दा बढी एजेण्टमार्फत् तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ ।


पुष्प दुलाल