अर्थमन्त्रीले स्वीकृत गरे नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीको राजीनामा



काठमाडौं । अर्थ मन्त्रालयले नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीको राजिनामा स्वीकृत गरेको छ । अधिकारीले गत माघ ५ गते अर्थमन्त्री बिष्णु पौडेलसामू राजिनामापत्र बुझाएका थिए ।

अर्थ मन्त्रालयले अध्यक्ष अधिकारीलाई बैंकले गत पुस २९ गते वितरण गरिसकेको १६ प्रतिशत लाभांश घटाउन भने पनि उनले राजिनामा दिएका थिए ।

सरकारले लाभांश घटाउनू भनेपछि नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिए

वितरण भइसकेको लाभांश लगानीकर्ताबाट फिर्ता लिन नमानेपछि उनको राजिनामा अर्थमन्त्री पौडेलले माघ २६ गते स्वीकृत गरेका हुन् ।

बैंकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गरिसकेको थियो । जसलाई घटाएर मन्त्रालयलले ७ प्रतिशत गरी बाँकी सेयर लगानीकर्ताको खाताबाट फिर्ता ल्याउन भनेको थियो ।

बैंकमा सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर छ । बैंकको ठुलो लगानीकर्ता सरकार भएपछि सञ्चालक समिति र नियामकको निर्णयमा हस्तक्षेप गर्न लगानीकर्ताले सैद्दान्तिकरुपमा नै नमिल्ने भएको हुँदा पारित भइसकेको लाभांश घटाउनु परे पदबाटै हटने निर्णय मन्त्रीलाई सुनाएका थिए ।

वितरण भइसको लाभांशलाई बैंकले लगानीकर्तासँग र्फिता लिँदा बैंकको नैतिकतामाथि नै प्रश्न उठ्ने उनको भनाइ छ ।


क्लिकमान्डु