हुण्डाई एक्सचेन्ज् अफर सोमबारबाट शुरु



काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यही माघ २६ गतेदेखि फागुन २ गतेसम्म देशभर ‘हुण्डाई एक्सचेञ्ज’ कार्यक्रम गर्दैछ ।

यस योजनामा गाडी एक्सचेन्ज् गर्नुका साथै उच्चत्तम मुल्याङ्कन, आकर्षक नगद छुट, १५ रुपैयाँ बराबरको लोयल्टी बोनस र १ लाख ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज् बोनसका साथै ६ वर्षको फ्री सर्भिस र ३ वर्षको वारेन्टी सेवा उपलब्ध हुनेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल महाप्रवन्धक सेल्स र मर्केटिङ् रुपेश शर्मा भट्टका अनुसार यो अफर योजनाले ग्राहकहरुलाई आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ । यो सुविधा देशभरका सम्पुर्ण डिलर नेटवर्कमा उपलव्ध छ ।

ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टलले बर्षभरि नै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरु र एक्सचेञ्ज क्याम्पमा निरन्तरता दिएको छ ।


पुष्प दुलाल