चन्द्रागिरि हिल्सको दोस्रो बजारमा सेयर कारोबार शुरु, शुरुवाती मूल्य १६१



काठमाडौं । चन्द्रागिरि हिल्सको आइपीओ सूचिकृत भएसँगै आइतबारदेखि कारोबार शुरु भएको छ । शुक्रबार १५ लाख ३४ हजार ९१० कित्ता आइपीओ सूचिकृत भएको थियो ।

आइतबार १६१ रुपैयाँबाट कारोबार शुरु भएको कम्पनीको सेयर करिब ८ लाख कित्ता माग गरिएको छ । यो कम्पनीको कुल सूचिकृत सेयर संख्याको आधा हो । आइतबार कम्पनीको १०/१० गरी २ वटा सेयर कारोबार भएका छन् ।

नेप्सेमा सूचिकृत हुँदा शुरुवाती मूल्य न्यूनतम ९६।६९ रुपैयाँदेखि अधिकतम २९०।०७ रुपैयाँ तोकिएको थियो । कम्पनीको प्रधान कार्यालय चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोट काठमाडौंमा छ ।


क्लिकमान्डु