अम्बे स्टील्स्द्वारा कन्ट्रयाक्टर सम्मेलन २०७७ सम्पन्न

112
Shares

काठमाडौं । देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनी अम्बे स्टील्स् द्वारा माघ २३ गते शुक्रबारका दिन भक्तपुर ब्यान्क्वेट, सल्लाघारीमा कन्ट्रयाक्टरहरुसँग कन्ट्रयाक्टर सम्मेलन २०७७ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा कम्पनिका तर्फबाट कन्ट्रयाक्टरहरुलाई नेपालमा टिएमटि छडको प्रयोग गर्दा अनिवार्य पालना गर्नुपर्ने सावधानीहरु बारेमा जानकारी प्रदान गरिनुका साथै टिएमटि छड बेण्डिङ्ग गर्ने तरीकाको बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा कम्पनीका प्रतिनिधिले उच्च गुणस्तरको कच्चा पदार्थ नै राम्रो टिएमटि छड उत्पादनको प्रमुख स्रोत भएको, जसमा कच्चा पदार्थमा हुनपर्ने अत्यावश्यक तत्वहरुलाई उचित तवरले मिश्रण गरी त्यसमा आउने खराब तत्वहरु सल्फर फोस्फोरसलाई न्युनिकरण गरेर बनाइएको कच्चा पदार्थलाई अत्याधुनिक प्रविधिको प्रयोगबाट बनाइएको टि.एम.टि छड नै निर्माण कार्यको लागि उपयुक्त मानिन्छ भन्ने कुराको जानकारी दिएका थिए ।

अम्बे स्टील्स्ले आफ्नो भैरहवा र नेपालगञ्ज मा अवस्थित दुईवटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक १४०० टन छड उत्पादन गरी नेपाली बजारमा पु¥याउदै आएको छ । यस कम्पनीबाट उत्पादित टिएमटि छड अन्तर्राष्ट्रिय गुणस्तरको भएको हुनाले नेपाली बजारमा सबैभन्दा बढि रुचाइएको छड हो ।