स्मार्ट च्वाइस टेक्नोलोजिज र ग्लोबल आइएमई बैंकबीचसम्झौता सम्पन्न



काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज र ग्लोबल आइएमई बैंकबीच बैंकिङ क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ पहुँच सजिलै पुर्याउने उद्देश्यले विकास गरेको ओमी च्यानल डिजिटल बैंकिङ सोलुसनमार्फत् सेवा उपलब्ध गराउनसम्झौता सम्पन्न भएको छ ।

एससीटीले गहन अध्ययन र अनुसन्धान गरी विगत दुई बर्षको अनवरत प्रयत्नबाट विकास गरेको तथा करिब ३ महिना आन्तरिकरुपका सफल परीक्षण पश्चात सञ्चालनको अवस्थामा ल्याइएको यस उपकरणमा मोवाइल बैंकिङ इ-बैंकिङ, सेल्फ बैंकिङ, स्मार्ट क्यूआर र कार्डमार्फत् दिने सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुनेछन् ।

यसबाट ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो/छरितो, मितव्ययी र सरलढंगले बैकिङ्ग सेवा र सुविधाहरुको पहँुच हुनेछ । बैंकले यस आधुनिक उपकरणको सेवालाई छिट्टै नै ग्राहकहरुको बिच सञ्चालनमा ल्याउने छ ।

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउदैं आएको छ ।

डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीहरुको रहेको छ ।


पुष्प दुलाल