श्री एयरलाइन्सले काठमाडौं-सुर्खेतमा परीक्षण उडान गर्न अनुमति पायो, सोमबार उडान हुने



काठमाडौं । श्री एयरलाइन्सले शुक्रबार काठमाडौं–सुर्खेतका लागि परीक्षण उडानको अनुमति पाएको छ । एयरलाइन्सका अनुसार सोमबार परीक्षण उडान हुनेछ ।

‘शुक्रबार मात्रै परीक्षण उडानको अनुमति पायौं, शनिबार गर्ने भनिएको परीक्षण उडान नहुने भयो अब सोमबार मात्रै उडान गर्छौ,’ श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले भने ।

श्री एयरलाइन्सको क्यू ४०० विमानले काठमाडौं–सुर्खेतमा परीक्षण उडान गर्नेछ । परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरण नेपाल र श्री एयरलाइन्सका प्राविधिकको टोली जानेछ ।

टोलीले दिएको प्रतिवेदनका आधारमा नियमित उडानबारे टुंगो लाग्नेछ । श्री एयरलाइन्सले हाल काठमाडौंदेखि विभिन्न ९ वटा गन्तव्यमा उडान गर्दै आएको छ । सुर्खेत कम्पनीका लागि १०औं गन्तव्य हुनेछ ।


क्लिकमान्डु