प्रभुु क्यापिटलले बिहान ८ बजेदेखि राति ८ बजेसम्म सेवा दिने



काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुलाई नियमित कार्यालय समय बाहेक विहान र साँझको अतिरिक्त समयमा समेत डिम्याट खाता सम्बन्धी सेवा प्रदान गर्ने भएको छ ।

डिम्याट खाता सम्बन्धी सेवालाई अझ प्रभावकारी बनाउने उदेश्यले यही माघ २५ गते आइतबारदेखि सार्वजनिक बिदा र शनिबारको दिन बाहेक हरेक दिन लागू हुनेगरी बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म निम्नलिखित सेवाहरु प्रदान गर्न लागेको हो ।

विहान ८ बजेदेखि नियमित कार्यालय समय १० बजे सम्म र साँझ ४ बजेपछि बेलुकी ८ बजेसम्म निम्न सेवाहरु पाइने छ ।

-डिम्याट खाता खोल्ने ।
-मेरो शेयर खाता खोल्ने ।
-डिम्याट र मेरो शेयर खाता नविकरण गर्ने ।
-मेरो शेयरको पासवर्ड रिसेट गर्ने ।
-भौतिक शेयरलाई अभौतिकीकरण कार्य गर्ने ।
-बैंक खाता लगायत डिम्याटका विवरणहरु अद्यावधिक गर्ने ।
-राफसाफको लागि डीआइएस लिने ।
-शेयर रोक्का राख्ने कार्य, आदि ।


पुष्प दुलाल