डिश होममा डिलर दाइको डिस्काउन्ट अफर: ८८ ग्राहकले जिते जनही नगद १ लाख रुपैयाँ



काठमाण्डौ। डिश होमले ग्राहकलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको डिश होममा डिलर दाइको डिस्काउन्ट अफर ८८ जना ग्राहकले जितेका छन्।

अफर जित्ने ८८ जना ग्राहकले नगद १ लाखका दरले रकम हात पारेका छन्। यस्तै वार्षिक रिचार्ज गर्ने ग्राहकले समेत रिजार्च रकममा आकर्षक छुट पाएका छन्। जसले गर्दा ग्राहकले न्यूनतम शुल्कमा गुणस्तरीय सेवा प्राप्त गरेका छन्।

गत वर्ष २ फागुनदेखि सञ्चालित ‘डिलर दाइको डिस्काउन्ट अफर’ को समयावधि अन्तिम चरणमा पुगेको छ। आगामी २९ माघसम्मका लागि मात्र यो अफर लागू हुने डिश होम नेटवर्कले जनाएको छ।

नेपालभरका डिशहोमका डिलर मार्फत फन्ड ट्रान्सफर वा अनलाइन प्रणालीबाट वार्षिक रिचार्ज गरेबापत ‘विक्ली लक्की ड्र’ मा सहभागी हुने अवसर डिश होमले दिएको छ। फन्ड ट्रान्सफरबारे आधिकारिक जानकारीका लागि देशभर रहेका डिश होम बिक्रेता, नजिकैका डिलर वा डिश होम ग्राहक केन्द्रमा सीधै सम्पर्क गर्न सकिनेछ।


पुष्प दुलाल