पदभार ग्रहण गर्दै बीमा समितिका नयाँ अध्यक्षले भने- बीमा कम्पनीलाई झापड हान्नु नपरोस्



काठमाडौ । बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्यप्रसाद सिलवालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण कार्यक्रममा उनले बीमा कम्पनीलाई आफ्नो कार्यकालमा झापड हान्ने अवस्था ननिम्त्याउन सुझाए ।

‘हाल बीमा कम्पनीहरुले समितिलाई नियन्त्रक निकायको रुपमा मात्रै लिएको र आगमी दिनमा पनि यसरी नै लिएसमितिले कम्पनीहरुलार्इ नियन्त्रण गर्ने सिलसिलामा झापडसम्म हान्न पछि नपर्ने कडा अभिव्यक्ति दिए ।

‘समिति नियन्त्रकमात्रै नभएर मुख्य व्यवस्थापक हो तर बिमा कम्पनीहरुले समितिलाइ अहिलेसम्म नियन्त्रकको रुपमा हेरेको छ,’ अध्यक्ष सिलवालले भने, ‘नियन्त्रकले गल्तीमा सुझाव होइन झपाड हान्छ ।’

कम्पनीहरुले आगामी दिनमा बीमा ऐन कानुन र सिद्दान्तअनुसार काम गर्नु पर्ने र त्यसमा समितिको तर्फबाट हुनुपर्ने सहयोग गर्ने गर्ने उनको प्रतिवद्धता छ । आफ्नो कार्यकालमा बीमा क्षेत्रलार्इ नियन्त्रणभन्दा व्यवस्थापन गर्दै व्यवस्थित बनाउने जानकारी दिए ।

सिलवालले बीमा कम्पनीहरुमा समस्याको पहाड भएको र त्यसको समाधान गर्न सबैलाई सहयोग गर्न आग्रह गरे । बीमा कम्पनीहरुले व्यवसाय विस्तारमा भन्दा ग्रामिण क्षेत्रमा गुणस्तरीय बीमाको पहुँच पुर्याउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

बीमा क्षेत्रमा समस्याको पहाड रहेको र आफूले सँगसँगै धेरै अवसरहरु पनि देखेको उनले बताए ।

‘समस्या सिर्जना गर्नेले समाधानको उपाय पनि खोज्न सक्नु पर्छ, सकिएन भने हामीभन्दा माथिको अधिकारप्राप्त निकाय छ भन्ने सोचेर सिस्टममा बसेर काम गर्नुपर्छ,’ उनले भने, ‘हामीलाई नियन्त्रक मात्र नबनाइदिनुस् । हामीलाई नियन्त्रक मात्र बनाइदियो भने त्यसले बिगार्छ मात्रै ।’

बीमा क्षेत्र आफ्ना लागि नयाँ भएको भन्दै यो क्षेत्रका प्राविधिक कुराहरु आफूले नबुझ्ने उनले स्वीकार गरे ।

‘नाफा कमाउनुस् तर त्यो स्वभाभिक हुनुपर्यो,’ उनले भने र।


पुष्प दुलाल