चन्द्रागिरि हिल्सको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ मूल्य कति ?



काठमाडौं । चन्द्रागिरि हिल्सको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । कम्पनीको १५ लाख ३४ हजार ९१० कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो ।

आइतबारदेखि चन्द्रागिरि हिल्सको दोस्रो बजारमा सेयर कारोबार शुरु हुनेछ । शुरुवाती मूल्य न्यूनतम ९६.६९ रुपैयाँदेखि अधिकतम २९०.०७ रुपैयाँ तोकिएको छ ।

कम्पनीको प्रधान कार्यालय चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोट काठमाडौंमा छ ।


क्लिकमान्डु