महिला लघुवित्तको आइपीओ निष्कासन मिति २ दिनपछि सर्यो



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले निष्कासन तथा बिक्रीका लागि खुला गर्ने भनिएको आइपीओको मिति २ दिनपछि सरेको छ । यसअघि माघ २८ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भनिए पनि अब आइपीओ माघ ३० गतेदेखि निष्कासन हुनेछ ।

संस्थाले कुल ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्दैछ । प्राविधिक समस्याका कारण मिति सारिएको संस्थाको भनाइ छ ।

आइपीओ माघ ३० गतेदेखि निष्कासन भइ छिटोमा फागुन ४ गते र ढिलोमा फागनु १४ गते बन्द हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड छ ।


क्लिकमान्डु