अर्थ इनर्जीले ल्यायो ४० मिनेट चार्ज गर्दा १०० किलोमिटर गुड्ने दुई पांग्रे विद्युतीय सवारी



भारतमा पछिल्ला दिनमा विद्युतीय सवारी साधनको निर्माण तथा त्यसको बजारीकरणलाई प्रमुख प्राथमिकता दिइएको छ ।

उसले संसारभर नै पेट्रोलियम पदार्थको खपत कम गर्ने नीति लिएको भन्दै भारतमा पनि त्यसको अनुसरण गर्नुपर्नेमा जोड दिएको छ । सोहीअनुसार अर्थ इनर्जीले तीन प्रकारका विद्युतीय दुई पांग्रे सवारी सार्वजनिक गरेको छ ।

सो कम्पनीले सार्वजनिक गरेको विद्युतीय सवारी साधनमा तीन मोडल रहेका छन् । त्यसमा इभाल्भ आर, इभाल्भ जेड र ग्लाइड प्लस छन् । ती सवारी साधनको मूल्य १ लाख ४२ हजार भारतीय रुपैयाँ बराबर रहेको छ । इभाल्भ आर एक पटक चार्ज गरेपछि १०० किलोमिटर गुडछ ।

कूल ११० किलोमिटर प्रतिघण्टा गति रहन सक्ने सो विद्युतीय दुई पांग्रे सवारीको मूल्य १ लाख ४२ हजार भारतीय रुपैयाँ छ । त्यस्तै इभाल्भ जेडको मूल्य १ लाख ३० भारतीय रुपैयाँ रहेको छ । एक पटक चार्ज गर्दा १०० किलोमिटरसम्म गुडछ् । सो दुई पांग्रे सवारी साधनको टप स्पीड भने ११० किलोमिटर रहेको छ ।

त्यस्तै ग्लाइड प्लसको मूल्य ९२ हजार भारतीय रुपैयाँ रहेको छ । यो स्कुटी हो । यो सवारी साधन एकपटक चार्ज गर्दा १०० किलोमिटरसम्म चल्छ । यसको टप स्पिड भने ६० किलोमिटर प्रतिघण्टा रहेको छ ।

कम्पनीका अनुसार ग्लाइड प्लस विद्युतीय सवारी साधन यसै महिनाको अन्त्यसम्म सार्वजनिक गर्ने लक्ष्य राखिएको छ । यसै महिनाको अन्त्यसम्म शोरुममा उपलब्ध गर्ने लक्ष्य राखिएको छ । सो विद्युतीय सवारी साधन बिक्रीका लागि मुम्बईका साथ कम्पनीले डिलरसिप लिएको छ । कम्पनीले यस वर्षको अन्त्यसम्म देशभर ४५ शोरुम खोल्ने योजना बनाएको छ । ग्राहकले १ हजार भारतीय रुपैयाँ भुक्तानी गरेर अनलाइनमा बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ ।

ग्लाइड प्लसमा एलइडी हेडलाइट तथा सिबिएस समेत उपलब्ध हुन्छ । इभाल्भ जेडमा भने पनि अत्याधुनिक सुविधा उपलब्ध छ । इभाल्भ आर तथा जेडमा भने एक यस्तो स्पेसिकेशन रहेको छ । सो सवारी साधन ४० मिनेटमा नै द्रुतगतिमा चार्ज हुन्छ । सबै मोडलमा रिमुभेवल व्याट्री रहेको छ । कम्पनीले ग्राहकको सुविधा अनुसार नै डिलरले चार्ज गर्ने सुविधा समेत प्रदान गरेको छ । त्यसका लागि चार्जिङ स्टेशन समेत स्थापना गर्ने तयारी गरेको छ ।

ग्राहकलाई पहिलो वर्ष दुई पटक सर्भिसिङ गर्ने सुविधा प्रदान गर्दछ । त्यसपछि भने वर्षमा एक पटक निशुल्क सर्भिसिङ सुविधा उपलब्ध हुन्छ । कम्पनीका अनुसार सर्भिसको लागत पेट्रोल सवारी साधनको तुलनामा ३० प्रतिशत कम रहेको छ । अर्थ इनर्जीले यस वर्षको अन्तयसम्म १२ हजार विद्युतीय सवारी साधन बिक्री गर्ने लक्ष्य राखेको छ ।-एजेन्सी


क्लिकमान्डु