यामाहाको दुई पाङ्ग्रे सवारीको मूल्य ५ देखि १३ हजारसम्म बढ्यो, कुन मोडलको कति ?



काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्प्राइजेजले मोटरसाइकल तथा स्कुटरको मूल्य बढाएको छ । कोरोना महामारीका कारण उत्पादन तथा कच्चा पदार्थको निकै आकासिएको हुनाले नयाँ उत्पादित सवारीमा मूल्यवृद्धि भएको कम्पनीले जनाएको छ ।

कम्पनीले साउनयता न्यूनतम ५ हजारदेखि अधिकतम १३ हजारसम्म मूल्य बढाएको कम्पनीका बजार प्रबन्धक दिनेशरत्न बज्रचार्यले जानकारी दिए । उनका अनुसार विश्वव्यापीरुपमा अधिकांश सवारी साधनको मूल्य वृद्धि भएकाले नेपालमा पनि त्यसको प्रभाव परी मूल्यवृद्धि भएको बताए ।

कम्पनीले विभिन्न मोडलका स्कुटरको अत्याधिक मूल्य बढाएको छ । कम्पनीले आरएवाई विथ यूविएस ११३ स्कुटरमा ५ हजार मूल्य बढाएर २ लाख ९०० रुपैयाँ तोकेको छ ।

त्यसैगरी, फ्यासिनो यूवीएस ११३ स्कुटरमा ६ हजार मूल्य बढाएर २ लाख १८ हजार रुपैयाँ, फ्यासिनो यूवीएस १२५ स्कुटरमा ९ हजार बढाएर २ लाख ५६ हजार ९०० रुपैयाँ, आरएवाईजेठआर १२५ एफआईमा २ लाख ५१ हजार ९००, आरएवाईजेठआर स्ट्रिट ¥याली १२५ एफआई स्कुटरको मूल्य २ लाख ६१ हजार ९०० रुपैयाँ र एन म्याक्स १५५ स्कुटरमा १० हजार रुपैयाँ बढाएर ४ लाख ६९ हजार ९०० सय रुपैयाँ मूल्य तोकेको छ ।

कम्पनीले विभिन्न मोटरसाइकलको मोडलमा पनि अत्यधिक मूल्य बढाएको छ । जसमा सलुतो डिस्कब्स् यूवीएस १२५ मा ८ हजार बढाएर २ लाख १९ हजार ९०० रुपैयाँ, एसजेठ आरआर १५० मा ७ हजार बढाएर २ लाख ४२ हजार ९०० रुपैयाँ, एफजेठएस एफआई भी३ एबीएस १५० मा १० हजार बढेर ३ लाख २९ हजार ९०० रुपैयाँ तोकेको छ ।

साथै, एफजेठएस–२५ २५० मोटरसाइकलमा १३ हजार बढेर ४ लाख ४२ हजार ९०० रुपैयाँ, आर१५ भी३ एबीएस १५५ मा १३ हजार बढेर ४ लाख ७७ हजार ९०० रुपैयाँ र एमटी १५ १५५ मोटरसाइकलमा पनि १३ हजार मूल्य बढाएर ४ लाख ४२ हजार ९०० रुपैयाँ तोकेको छ ।

त्यस्तै कम्पनीसँग उपलब्ध भएको आर३ को मूल्य ९ लाख २४ हजार ९०० रुपैयाँ, एफजेठएस भी२ को ३ लाख ४ हजार ९०० रुपैयाँ र एफ२भी२ मोटरसाइकलको मूल्य २ लाख ८४ हजार ९०० रुपैयाँ नयाँ मूल्य तोकेको छ ।


क्लिकमान्डु