एमजीको स्टाइलिस एसयूभी ‘एचएस’ नेपाल आउँदै



काठमाडौं । नेपालको लागि एमजी एमजीको आधिकारिक वितरक पारा माउन्ट मोटर्स प्रालिले एमजी एचएस प्रिमियम एसयूभी नेपालमा ल्याउने भएको छ ।

कम्पनीले उक्त कार ल्याएको अवसर पारेर केहि समयको लागि ७९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर विक्री सुरु गर्न लागेको हो ।

अल न्यू स्टाइलिस एसयूभीको रुपमा बजारमा आउन लागेको एमजी एचएस निकै सुरक्षीत एसयूभी हुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार विशेषत सुरक्षाको लागि आवश्यक सबै मापदण्ड पुरा गरेको एचएसमा अगाडि ड्यूल र साइड कटन एयरव्याग दिइएको छ ।

यस्तो छ विशेषता ?

कारलाई चालक मैत्री बनाउन लेड डिपार्चर वार्निङ सिस्टम, ब्लाइन्ड स्पाट डिटेक्सन, ३६० डिग्री क्यामेरा, अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, अगाडि र पछाडि चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्रायाप सहितको पानारोमिक सनरुफ, ६ तरिकाबाट आफु अनुकुल बनाउन सकिनेछ । साथै, ड्राइभिङ सिट, ४ तरिकाले मिलाउन मिल्ने यात्रु सिट, अगाडिका दुबै सिट तातो बनाउन मिल्ने, अटोमेटिक फोल्ड हुने र चिसोमा तातो बनाउन मिल्ने आउट साइड रियर भ्यू मिरर जस्ता फिचर यसमा उपलब्ध रहेका छन् ।

यस्तै, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यसमा रहेको छ । जसमा एप्पलका र प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । यसमा रहेको १८ इन्चको अलोय ह्वील र पूर्णत लेदर सिटले गाडीको इन्टेरियर र एक्सटेरियर दुबैलाई प्रिमियम बनाएको छ ।

एमजी एचएसमा १.५ लिटर टर्बो इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ५६०० आरपीएममा १६२ पीएस पावर र १७०० देखि ४४०० आरपीएममा २५० एनएमपिक टर्क प्रदान गर्छ । यसमा ७ स्पीड डिसिटी गियरबक्स रहेको छ ।

विभिन्न तीन कलर भेरियन्टमा यसलाई ग्राहकले किन्न सक्नेछन् । जसमा कालो, सेतो र रातो कलर भेरियन्ट रहेका छन् । अहिले बुकिङ गर्ने ग्राहकलाई आगामी मार्च दोस्रो साता सम्ममा डेलिभरी दिइने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु