जनउत्थान सामूदायिक लघुवित्तले ५२ प्रतिशत लाभांश दिने



काठमाडौं । जनउत्थान सामूदायिक लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई ५२ प्रतिशत लाभांश दिने भएको छ ।

संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ सम्मको मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ४९.४० प्रतिशत अर्थात् ३ करोड ९१ लाख २४ हजार ८०० रुपैयाँ बराबरको बोसन सेयर र २.६० प्रतिशतले हुन आउने रकम २० लाख ५९ हजार २०० रुपैयाँ बराबरको कर वापतको नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारणसभाले पारित गरेपछि वितरणयोग्य हुनेछ ।


क्लिकमान्डु