एनआइसी एशिया बैंकले ११ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै



काठमाडौं । एनआइसी एसीया बैंकले विभिन्न संस्थाहरुमा आफ्नो स्वामित्वमा रहेको सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले आरएमडीसी लघुवित्त, माहुली सामूदायिक लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तमा आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बोलकबोलमार्फत् बिक्री गर्ने भएको हो ।

बैंकले सोमबार सूचना जारी गर्दै कुल १० लाख ९६ हजार १ सय ५० कित्ता सेयर बिक्री गर्ने जनाएको छ । जसमा आरएमडीसी लघुवित्तको ४ लाख ६३ हजार ३ सय ६१ कित्ता प्रतिकित्ता ५ सय २३ रुपैयाँका दरले बिक्री गर्ने भएको छ ।

साथै, माहुली सामूदायिक लघुवित्तमा रहेको ६१ हजार २ सय कित्ता संस्थापक सेयर प्रतिकित्ता ८ सय १२ रुपैयाँका दरले र मेरो माइक्रोफाइनान्स लघुवित्तमा रहेको ५ लाख ९८ हजार ५ सय ८९ कित्ता संस्थापक सेयर प्रतिकित्ता ४ सय ६३ रुपैयाँका दरले बिक्री गर्ने बैंकले जनाएको छ ।

बैंकले लिलामीमा बिक्री गर्न लागेको सेयर इच्छुक लगानीकर्ताले फागुन १२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बैंकले लिलामीमा राखेको संस्थापक सेयर खरिदका लागि एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।


क्लिकमान्डु