प्राइम बैंकको नाफा ३९.४० प्रतिशतले बढ्यो



काठमाडौं । प्राइम कमर्सियल बैंकको नाफा ३९.४० प्रतिशतले वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत आवको सोही अवधिमा १ अर्ब ३० करोड ७८ लाख ७३ हजार ८४ रुपैयाँ नाफा कमाएको चालु आवको सोही अवधिमा १ अर्ब ८१ करोड ३३ लाख २९ हजार ८०९ रुपैयाँ पुगेको छ ।

बैंकले निक्षेप संकलन पनि बढाएको छ । गत वर्षको समीक्षा अवधिमा १ खर्ब १९ अर्ब ४४ करोड १६ लाख १३ हजार ६२३ रुपैयाँ निक्षेप संकलन गरेकोमा चालु आवको सोही अवधिमा निक्षेप संकलन बढेर १ खर्ब ३० अर्ब ९९ करोड ५२ लाख १७ हजार ७२१ रुपैयाँ पुगेको छ । कर्जा प्रवाह गत आवको समीक्षा अवधिमा १ खर्ब १० अर्ब ४३ करोड ५७ लाख ९३ हजार ६९ रुपैयाँ भएकोमा चालु आवको सोही अवधिमा कर्जा प्रवाह १ खर्ब १९ अर्ब २७ करोड ४४ लाख ६८ हजार ७३ रुपैयाँ पुगेको छ ।

बैंकको कुल चुक्तापुँजी १६ अर्ब ८ करोड ३० लाख ३६ हजार ९३० रुपैयाँ पुगेको छ । बैंकको रिजर्भमा पनि बढेर ४ अर्ब ९४ करोड ७६ लाख ३७ हजार ३६१ रुपैयाँ पुगेको छ ।

बैंकको पुँजीकोष अनुपात १४.२४ प्रतिशत छ भने खराब कर्जामा केही सुधार देखिएको छ । गत वषको समीक्षा अवधिमा खराब कर्जा १.४५ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा खराब कर्जा १.०८ प्रतिशत छ ।

बैंकको निक्षेप र कर्जाको अनुपात ८१.३७ प्रतिशत छ । जबकी गत आवको सोही अवधिमा यो अनुपात ७७.८६ प्रतिशत छ । बैंकको बेसरेट ७.८५ प्रतिशत छ ।


क्लिकमान्डु