सिद्धार्थ बैंकको नाफा ११ करोड रुपैयाँले घट्यो,खराब कर्जा बढ्यो



काठमाडौं । सिद्धार्थ बैंकको नाफा ११ करोडले घटेको छ ।

बैंकले पुस मसान्तसम्ममा ९१ करोड ८७ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष पुस मसान्तमा बैंकको नाफा १ अर्ब २ करोड थियो ।

९ अर्ब ७८ करोड चुक्ता पूँजी रहेको सिद्धार्थ बैंकले पुस मसान्तसम्ममा १ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा दिएको छ । एकवर्ष अगाडि बैंकको निक्षेप १ खर्ब ३९ करोड थियो भने कर्जा १ खर्ब २३ अर्ब रहेको थियो ।

विभिन्न नियामकिय व्यवस्थाको लागि रकम विनियोजन गर्दा सेयरधनीलाई बाड्न मिल्ने पैसा १३ करोड ६९ लाख रुपैयाँले ऋणात्मक देखिएको छ ।

बैंकको पूँजीकोष अनुपात १३.८४ प्रतिशत रहेको छ भने खराब कर्जा अनुपात १.९१ प्रतिशत छ । अघिल्लो वर्ष १.५५ प्रतिशत खराब कर्जा अनुपात थियो ।

७६.८१ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको सिद्धार्थ बैंकको बेसरेट ७.३८ प्रतिशत छ भने स्प्रेड ४.२० प्रतिशत रहेको छ ।


क्लिकमान्डु