बैंक अफ काठमाडौंको नाफा १९.८३ प्रतिशतले घट्यो



काठमाडौं । बैंक अफ काठमाडौंको नाफामा गिरावट आएको छ । बैंकको दोस्रो त्रैमाससम्ममा गत वर्षको सोही अवधिको तुलनामा १७ करोड ५३ लाख रुपैयाँले कमी आएको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको दोस्रो त्रैमासमा कुल नाफा ७० करोड ८५ लाख ११ हजार १५ रुपैयाँ छ जबकी गत वर्षको सोही अवधिमा बैंकको नाफा ८८ करोड ३८ लाख १६ हजार ७२७ रुपैयाँ थियो ।

यसबीचमा बैंकले निक्षेप संकलनमा भने सामान्य वृद्धि गरेको छ । बैंकले यस अवधिमा ९३ अर्ब ३५ करोड २८ लाख ८९ हजार ७०५ रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा ९२ अर्ब १० करोड ३२ लाख ९९ हजार ६७६ रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

कर्जा प्रवाहमा पनि गत वर्षको समीक्षा अवधिको तुलनामा यस वर्षको सोही अवधिमा १० अर्बभन्दा बढीले बढाएको छ । बैंकले गत वर्षको सोही अवधिमा ७५ अर्ब ८८ करोड १६ लाख ८ हजार ८३६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो भने चालु आवको सोही अवधिमा बैंकले ८५ अर्ब ३२ करोड २३ लाख ९९ हजार ८६५ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको खराब कर्जामा केही सुधार देखिएको छ । गत वर्षको समीक्षा अवधिमा खराब कर्जा १.५४ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा १.५२ प्रतिशतमा सीमित भएको छ । साथै बैंकको कर्जा निक्षेप अनुपात भने बढेको छ । चालु आवको दोस्रो त्रैमासमा यो अनुपात ८०.११ प्रतिशत छ जबकी गत वर्षको सोही अवधिमा यो ७६.२३ प्रतिशत थियो ।

बैंकको पुँजी कोष अनुपात १२.८५ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यो अनुपात १३.८० प्रतिशत थियो ।

बैंकको बेस रेट चालु आवको दोस्रो त्रैमाससम्ममा ७.६७ प्रतिशत छ । गत वर्षको सोही अवधिमा बेस रेट ९.९९ प्रतिशत थियो । बैंकको अर्निङ पर सेयर १४.६७ प्रतिशत छ । बैंकको चुक्तापुँजी ९ अर्ब ६५ करोड ८१ लाख ७६ हजार ४२९ रुपैयाँ छ । बैंकको रिजर्भमा ४ अर्ब ८८ करोड २० लाख ५२ हजार ६९६ रुपैयाँ छ ।

बैंकको चालु आवको दोस्रो त्रैमाससम्ममा कुल वितरणयोग्य नाफा ३८ करोड ६२ लाख ८६ हजार १०३ रुपैयाँ छ ।


क्लिकमान्डु