दाङमा औद्योगिक क्षेत्र बन्ने, घोराही नगरपालिकामा ५४९ बिगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने निर्णय



काठमाडौं । दाङमा नयाँ औद्योगिक क्षेत्र बन्ने भएको छ ।

पछिल्लो समय उद्योगहरुको आकर्षक गन्तव्यको रुपमा दाङ विकसित हुँदै गएको छ ।

मन्त्रीपरिषद्को बैठकले दाङमा औद्योगिक क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । सूचना तथा संचारमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले दाङमा औद्योगिक क्षेत्र घोषणा हुने जानकारी दिए ।

मन्त्रीपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले दाङमा औद्योगिक क्षेत्र घोषणा गरिएको जानकारी दिए ।

सरकारले दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं। ४ र ५ ९साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नं १० अन्तर्गत चारकिल्लाभित्र पर्ने ५४९ विघा जग्गालाई दाङ औद्योगिक क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

इस्तै सरकारले समपूरक अनुदान सम्बन्धी तेस्रो संशोधन कार्यविधि, २०७७ र विशेष अनुदान सम्बन्धी तेस्रो संशोधन कार्यविधि, २०७७ स्वीकृत गर्ने निर्णय गरकेो छ ।

कोभिड(१९ विरुद्धको खोप भण्डारण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट तोकेको स्थान, डिजाइन र लागत अनुमान अनुसारको बजेट भित्र रही केन्द्रमा एक र सातै प्रदेशमा एक(एकवटा गरी जम्मा ८ वटा भण्डारण गृह खरिद प्रक्रिया बाहेक दुई महिना भित्र निर्माण गर्न शहरी विकास तथा भवन निर्माण विभागलाई जिम्मा दिने निर्णय गरेको छ ।


क्लिकमान्डु