सुपर मादी हाइड्रोपावर ३१ करोडको आइपीओ जारी गर्ने,विक्रि प्रबन्धकमा सानिमा क्यापिटल



काठमाडौं । सुपर मादी हाइड्रोपावरले ३१ करोड रुपैयाँको साधारण सेयर जारी गर्ने भएको छ ।

कम्पनीले गण्डकी प्रदेश कास्की जिल्ला स्थित साविक नामाजुङ्ग र पार्चे गाविस हाल मादी गाउँपालिका अवस्थित मादी खोलामा ४४ मेगावाटको जलविद्युत् निर्माण गरेको छ ।
जसमा ३१ करोड रुपैयाँ बराबरको ३१ लख कित्ता सेयर निष्कासन हुने छ ।

सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सो क्रममा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सुपर मादी हाइड्रोपावर लिमिटेडका तर्फ बाट अध्यक्ष पुष्पज्योति ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सुपर मादी हाइड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ वमोजिम मिति २०६५ साल माघ ०३ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको कम्पनी हो । कम्पनीको गण्डकी प्रदेश, कास्की जिल्लाको मादी गाउँपालिका (तत्कालिन नामाजुङ्ग र पार्चे गा.वि.स.) मा बहने मादी खोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना करिव ६५% सम्पन्न भएको छ भने आगामी २०७८ साल पौष महिना भित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।


क्लिकमान्डु