सनराइज बैंकले ६ महिनामा गर्यो ९४ करोड ४३ लाख रुपैयाँ नाफा



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सनराइज बैंकको खुद नाफामा सामान्य वृद्धि भएको छ । गत आवको पुस मसान्तसम्म ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा ०.५३ ले वृद्धि गरी ९४ करोड ९४ लाख रुपैयाँ पुर्याएको छ ।

बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको वित्तीय विवरणअनुसार सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.३१ प्रतिशतको छ । गत आवको पुस मसान्तसम्म २ अर्ब ४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ८१ करोड ५८ लाख रुपैयाँमा सीमित गरेको छ । सो अवधिमा बैंकका सञ्चालन मुनाफा २ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंककोे निक्षेप २.४२ प्रतिशतले बढेर ९२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने कर्जा ७.३४ प्रतिशत बढेर ८६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

सो अवधिमा बैंकको खराब कर्जा अनुपात भने ०.६३ प्रतिशतले घटेको छ । गत आवकोे पुस मसान्तसम्ममा १.६९ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा १.०६ प्रतिशतमा झरेको हो ।

समीक्षा अवधिमा बैंकको कष्ट अफ फण्ड ५.१४ प्रतिशत, सीसीडी रेसीयो ७७.१८ प्रतिशत, बेसरेट ७.२९ प्रतिशत र स्प्रेडरेट ४.१ प्रतिशत छ ।

साथै, सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ १ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ४९ रुपैयाँ ६७ पैसा र मूल्य आम्दानी अनुपात १३.४९ गुणा रहेको छ ।


क्लिकमान्डु