सिटिजन्स बैंकका ग्राहकले वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट प्राप्त गर्ने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट पाउने भएका छन् ।
सोमबार बैंक र रेष्टुरेन्टबीच छुट दिने विषयमा सम्झौता भएको छ ।
। उक्त सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट/क्रडिट/ प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ्ग ग्राहक महानूभाव तथा कर्मचारीहरुले वन डे थ्रिडी आट रेष्टुरेन्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।