हिरो मोटोकर्पले सन् २०२५ सम्ममा ५० नयाँ प्रडक्ट उत्पादन गर्ने



एजेन्सी । दुई पांग्रे सवारी साधन उत्पादन गर्दै आएको हिरो मोटोकर्पले सन् २०२५ सम्म थप ५० नयाँ प्रडक्ट सार्वजनिक गर्ने भएको छ ।

कम्पनीको पोर्टफोलियो बढाउने लक्ष्यका साथ उसले उक्त रणनीति अगाडि सारेको हो । कम्पनीले हालै मात्र कूल १० करोड थान मोटरसाइकल र स्कुटर उत्पादनको लक्ष्य पार गरिसकेको छ ।

कम्पनीले सन् २०२० को डिसेम्बरमा मात्रै कम्पनीले भारतमा मात्रै ४ लाख २५ हजार वटा दुई पांग्रै सवारी साधन बिक्री गरेको थियो ।

हिरो मोटरकर्पले बिक्री संख्याका आधारमा एक नम्बरमा रहेको दावी गरेको छ । उसले भारतमा मात्रै नभई संसारभर नै आफूहरु शीर्ष स्थानमा रहेको बताएको छ ।

उसले १० करोड बढी संख्याका मोटर साइकल बिक्रीको घोषणा गरिरहेको सन्दर्भमा सन् २०२५ सम्म थप ५० नयाँ प्रडक्ट सार्वजनिक गर्ने पनि जानकारी गराएको हो । आफनो आगामी दिनको योजनाका बारेमा जानकारी दिँदै हिरो मोटरकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा पवन मुन्जालले भनेका छन्, ‘हामी आफनो विकास यात्रालाई जारी राख्न चाहन्छौ । आफनो वि दि फ्यूचर अफ मोबिलिटी’ अवधारणालाई ध्यानमा राखेका छौ । हामी आफनो ग्लोबल फुटप्रिन्ट’ को विस्तार गर्नुका अलावा आगामी ५ वर्षमा कैयन नयाँ मोटरसाइल तथा स्कुटर सार्वजनिक गर्नेछौ ।’

यो कुरा पनि निश्चित नै हो कि हिरो मोटरपर्कले भारतीय बजारमा आफूलाई अगाडि बढाउन मद्दत गर्नेछ । सन् २०२० को डिसेम्बरमा अटोमेकर देशमा ४ लाख २५ हजार बढी दुई पांग्रे सवारी साधन बिक्री गर्न सफल भएको छ । त्यसका आधारमा उसको हिस्सेदारी ३७.६८ प्रतिशतले बढेको छ । सोही लक्ष्यका साथ सन् २०२० को क्यालेण्डर बन्द भएको थियो ।

कम्पनीले हालै मात्र नयाँ ६ मोडल सार्वजनिक गर्ने घोषणा गरेको थियो । त्यसमा स्पलेन्डर प्लस, एक्सट्रिम १६० आर, प्यासन प्राmे ग्ल्यामर बाइक रहेको छ । यस्तै डेस्टिनी १२५ तथा मेस्ट्रो एज ११० स्कुटर समेत समावेश छ ।

नयाँ निश्चित मात्रामा एडिन मोडल समेत आगामी महिना भारतमा सार्वजनिक गर्ने तयारी गरिएको छ । ती मोडल सार्वजनिक भएसँगै बिक्री समेत शुरु हुनेछ । ती मोडलको मूल्य तथा सेलिब्रेशन एडिशन समेत छिट्टै सार्वजनिक हुने बताइएको छ ।

हालसम्म भारतमा कूल ५१ हजार २०० भारुदेखि १ लाख १७ हजार भारु बराबरको मोटरसाइलक उपलब्ध छन् । दोस्रोतर्फ हिरोका ४ प्रकारका मोडल समेत बजारमा रहेको छ । त्यसमा प्लेजर प्लस, मेस्ट्रो एज ११०, मेस्ट्रो एज १२५ तथा डेस्टिनी १२५ समावेश छ । त्यसको मूल्य ५७ हजार ३०० भारुदेखि ७२ हजार ९५० भारुसम्म रहेको छ ।


क्लिकमान्डु