टाटाले ५ वटा कारको मूल्य बढायो, नेपालमा अझ महंगो पर्ने



एजेन्सी । सवारी उत्पादक कम्पनी टाटाले आफना उत्पादनको मूल्यवृद्धि गर्ने भएको छ । पछिल्ला विवरणहरुमा जनाइएअनुसार टाटाको सवारी साधन अब थप महंगो हुने भएका छन् ।

कम्पनीले ५ वटा सवारी साधनमा २६ हजार भारतीय रुपैयाँ बराबरको मूल्य बढ्ने जनाएको छ । तर, यसअघि नै बुकिङ गरेकाले भने पूरानै मूल्यमा सवारी साधन पाउने छन् । भारतीय कम्पनी टाटाले कच्चा पदार्थमा मूल्यवृद्धि भएको कारण देखाउँदै मूल्य बढाउन लागेको हो ।

अब टाटा टियागोको शु्रुवाती मूल्य ४ लाख ७० हजार भारु पर्नेछ । त्यस्तै अल्ट्रोजको ५ लाख ६९ हजार, टिगोरको ५ लाख ३९ हजार, नेक्सनको ६ लाख ९९ हजार र हेरियरको मूल्य १३ लाख ८४ हजार भारु पर्नेछ ।

नयाँ मूल्य सबै सवारी साधनमा लागू हने टाटाले जनाएको छ । कम्पनीले टियागो, अल्ट्रोजलगायत विभिन्न ५ मोडलमा नै मूल्यवृद्धि गर्न लागेको छ । २१ जनवरी अगाडि बुक गरेका ग्राहकले भने पूरानै मूल्यमा सवारी साधन पाउनेछन् ।

कम्पनीको सवारी साधनको व्यवसायमा लगातार ग्रोथ गरिरहेको छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०२० को तुलनामा सन् २०२१ मा टाटाका सवारीको माग ३९ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको सन् २०२० को पहिलो तीन महिनाको तुलनामा पछिल्लो तीन महिनामा सबैभन्दा बढी कार बिक्री गरेको थियो । कम्पनीले यसवर्ष अल्ट्रेज आईटर्बो, सफारी एसयूभी र हेरियर ७ सिटर सार्वजनिक गर्ने जनाएको छ ।

त्यस्तै हुन्डाई इनिडया, महन्द्रिा एण्ड महिन्द्रा र मारुती, सुजुकी इन्डियाले पनि आफना कारको मूल्यमा भारी वृद्धि गरेको छ । हुण्डाईको कार भारतीय बजारमा ३२ हजार ८८० ले महंगो भएको छ । महिन्द्राको ४० हजार बढी महंगो भएको छ भने मारुतीको कार ३४ हजार भारु महंगो भएको छ ।

नयाँ मूल्य अनुसार मारुतीको अल्टो २ लाख ९८ हजार ८०० भारु पर्नेछ । यस्ते एस प्रेसो ३ लाख ७० हजार ५००, बैगनआर ५ लाख ४५ हजार ५००, ब्रेजा विटारा ७ लाख ३९ हजार ९००, स्वीफ्ट ५ लाख ४९ हजार, डिजायर ५ लाख ९४ हजार सिलेरियो ४ लाख ५३ हजार २००, आर्टिगा ७ लाख ६९ हजार र इको ३ लाख ९७ हजार ८०० भारु पर्नेछ ।

महिन्द्राको थार ११ लाख ९० हजार , एक्सयूभी ३०० को ७ लाख ९५ हजार, अल्टुरस २८ लाख ७३ हजार, एक्सयूभी ५०० को १३ लाख ५२ हजार, स्कारपियो ११ लाख ९७ हजार, बोलेरको ७ लाख ७९ हजर, मरोजो ११ लाख २५ हजार र केयूभी १०० एनएक्सटीको मूल्य ५ लाख ६३ हजार भारु पर्नेछ ।

नेपालमा सवारी साधनको मूल्यमा अनेकन कर र भन्सार शुल्क समेत उच्च भएकाले त्यसको प्रभाव स्वतः पर्नेछ । भारतीय बजारमा नै सवारी साधनको मूल्य बढेर आएकाले नेपालमा सवारी साधन खरिद गर्न चाहनेले थप मूल्य तिर्नुपर्ने भएको छ ।


क्लिकमान्डु