बुध्द एयरले नयाँ विमान ल्यायो



काठमाडौं । आन्तरिक उडानतर्फ अग्रणी विमान कम्पनी बुध्द एयरले नयाँ विमान ल्याएको छ । शुक्रबार काठमाडौंस्थित विमानस्थलमा अवतरण गरिएको नयाँ विमान एटीआर ७२–५०० हो ।

‘अझै भन्सारका कागजपत्र पूरा गर्न बाँकी छ । सम्भवतः आइतबार त्यो काम पनि पूरा हुन्छ,’ कम्पनीले भनेको छ ।

एटीआर–७२ विमान कम्पनीका लागि ९औं विमान हो । योसँगै कुल विमानको संख्या १४ पुगेको छ । योसँगै कम्पनीसँग अब ९ वटा एटीआर ७२ विमान, २ वटा बीच क्राफ्ट विमान र २ वटा एटीआर ४२ विमान हुनेछन् ।

कम्पनीले हालै दैनिक १०० वटा उडान गर्ने लक्ष्यसहित व्यवसायीक रणनीति लागू गरेको छ । कम्पनीले केही समयपछि आन्तरिक उडानतर्फ काठमाडौं बाहेकका गन्तव्यलाई लक्षित गरी उडान गर्ने योजना बनाएको छ । कम्पनीका अनुसार अर्को विमान २ महिनापछि आउनेछ ।


क्लिकमान्डु