एनसीसी बैंकको लाभांश पारित, संचालक समितिको अध्यक्षमा न्यौपाने पुनः निर्वाचित



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको साधारणसभाले १०.२६ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करको लागि ०.५४ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

साधारणसभाले यसै साधारण सभाबाट संस्थापक समुह “क” बाट तीन (३) जना र सर्वसाधारण समुह “ख” बाट एक (१) जना महिला सहित तीन (३) जना गरी जम्मा छ (६) जना सञ्चालकहरुको निर्विरोध रुपमा निर्वाचित गरेकोछ । साथै साधारण सभा पश्चात बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समुह “क”बाट सञ्चालकहरुमा मोहन बहादुर बस्नेत र ईमानसिंह लामा निर्वाचित भएका छन् । समुह “ख” बाट श्री चन्द्रप्रसाद बास्तोला, श्री सुमन कुमारी जोशी र श्री निशेष प्रधान निर्वाचित भएका छन् ।

साथै, सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० पुग्नेछ ।

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२७ शाखा र १०२ वटा एटिएम सञ्चालन गरेर सेवा दिदै आएको छ ।


क्लिकमान्डु