सानिमा लार्ज क्याप फण्डको सार्वजनिक निष्कासन खुल्ला



काठमाडौं ।  सानिमा बैंक लिमिटेड कोष प्रबर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहि नेपाल धितोपत्र बोर्डमा दर्ता भएको सानिमा लार्ज क्याप फण्ड योजनाको बिक्री खुल्ला भएको छ ।

प्रति इकाई १० दरको १० करोड इकाई अर्थात रु १ अर्ब रुपैयाको ७ बर्षे बन्दमुखी योजना मिति २०७७ माघ ९ गते शुक्रबार देखि सर्वसाधारणमा सार्वजनिक निष्काशन तथा विक्री खुल्ला भएको छ ।

यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले मेरो शेयर मार्फत वा आफ्नो बैंक खाता रहेको आस्वा सदस्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मार्फत सहज ढङ्गले आवेदन दिन सकिनेछ । योजनामा न्यूनतम १०० इकाई अर्थात १ हजार देखि अधिकतम १ करोड ईकाई अर्थात १० करोड रुपैया सम्म लगानी गर्न सकिनेछ ।

इकाई खरिदका लागी अधिक माग भएको अवस्थामा प्रचलित धितोपत्र सम्बन्धी कानुनको अधिनमा रहि योजनाको आकारलाई अधिकतम १ अर्व २० करोड रुपैया सम्म पु¥याउन सकिनेछ ।
योजना सम्बन्धी विस्तृत विवरण (आह्वान पत्र, विवरण पुस्तिका) सानिमा क्यापिटलको बेवसाइट बाट हेर्न र डाउनलोड गर्न सकिने छ ।


क्लिकमान्डु