काठमाडौं । साताको पहिलो दिन आइतबार र सोमबार घटेको सुनको मूल्य त्यसपछि भने बढी रहेको छ । बुधबार पनि सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहेकोमा बुधबार सूनको मूल्य ५ सय रुपैयाँले बढेर ९२ हजार ५ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएको छ ।
ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com
तपाईको प्रतिक्रिया