नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल



काठमाडौं ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड को केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा बैक र क्यापीटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता  सम्पन्न भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरे ।

अधिकृत पुँजी ४० अर्ब र जारी पुँजी २० अर्ब रहेको नेपालको एक मात्र पुर्वाधार बैंकको रुपमा नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त उक्त बैंकले हालै मात्र सर्वसाधारण (कर्मचारी र सामुहिक लगानी कोष समेत) को लागि हालसम्मकै ठूलो रकम  ८ अर्बको साधारण शेयर निष्कासन गरेको छ ।


क्लिकमान्डु