पिपुल्स हाइड्रोपावर कम्पनीको बिक्री प्रवन्धकमा सानिमा क्यापिटल



काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ ।

कम्पनीले लमजुङ्ग जिल्लामा सुपर दोर्दी जल विद्युत आयोजना ‘ख’ ५४ मेगावाट निर्माण गरीरहेको छ ।

जसमा ८२ लाख ५० हजार कित्ता सेयर निष्कासन हुने छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

सो क्रममा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फ बाट प्रवन्ध निर्देशक केशववहादुर रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।


क्लिकमान्डु