सनराइज बैंकद्वारा कन्टायकलेस कार्ड सेवा सुरु, पिओएसमार्फत कारोबार गर्दा पिन राख्नु नपर्ने



काठमाडौं । सनराइज बैंकले कन्टायकलेस डेबिट, क्रेडिट र अन्तर्राष्ट्रिय डेबिट कार्डको सुरुवात गरेको छ । सो कार्डको प्रयोग गरी पोइन्ट अफ सेल पिओएस मार्फत कारोबार गर्दा पिन राख्नु नपर्ने र कार्डलाई पिओएस ट्याब गरेर सजिलै कारोबार गर्न सकिने छ ।

यस कार्ड मार्फत हुने कारोबार छिटो, छरितो र सहज हुने बैंकको विश्वास छ ।

उक्त कार्डबाट ट्याब एण्ड पे सुविधायुक्त पिओएस को आवश्यकता पर्दछ । बैंकले हालको पिओएस लाई स्तरोन्नत्ती गरी ट्याब सुविधायुक्क्त पिओएस उपत्यकाका विभिन्न रेस्टुरेन्ट, सपिङ्गमल आदि ठाउँहरुमा राख्ने कामको थालनीे गरिेसकेको छ ।

२ हजारसम्मको कारोबारमा पिन आवश्यक पर्दैन भने २ हजारभन्दा माथिको कारोबारमा पिन आवश्यक पर्छ ।


क्लिकमान्डु